धादिङ, खबर समृद्धि न्यूज डेष्क । मेगा बैक ज्वालामुखी गाउँपालिका शाखा साँधभञ्ज्याङको हिजो एक कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरिएको छ । ज्वालामुखी गापाका अध्यक्ष विनोदराज तिमल्सेनाले सो शाखाको विधिवत रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिमल्सेनाले बैकले जनताको घर दैलोसम्म पुगेर सेवा दिनु पर्ने बताए साथै बैक जनता प्रति उत्तरदायी हुनु पर्नेमा उनले जोड दिए ।
२०७५ साल जेठ ३ गतेबाट ९३ औँ शाखाको रुपमा सेवा सुरु गरेको सो शाखामा हालसम्म १५ सय भन्दा बढी संस्थागत तथा व्यक्तिगत ग्राहकहरु रहेका छन् । मेगा बैकको अहिलेसम्म देशभर १ सय २ शाखा, १९ एक्टेन्सन काउन्टर, ८५ एटीएम, १ सय १९ शाखा रहित बैकिङ सेवा र १२ सय भन्दा बढी एजेन्टहरु रहेको बैकको ज्वालामुखी शाखाका प्रबन्धक आत्माराम दुवाडीले लेकबेशी खबरलाई जानकारी दिए ।
प्रकाशित मिति : २०७५|१०|१८